तिनाउकाे नुवाकाेटमा धार्मिक एवम् पर्यापर्यटन विकास,वन व्यवस्थापन र डढेलाे नियन्त्रण सम्बन्धि छलफल कार्यक्रम बुधवार सम्पन्न भयाे ।
उक्त कार्यक्रममा मुख्य वक्ताका रुपमा लुम्बिनी प्रदेशका वन निर्देशक दधिलाल कंडेलले तिनाउभित्र रहेका धार्मिक,ऐतिहासिक र पर्यटकीय क्षेत्रकाे विकासका लागि स्थानीय धार्मिक एवम् सामुदायिक वन उपभाेक्ताहरुले सार्थक सक्रियता कायम गर्नुपर्ने बताए । उनले डढेलाे नियन्त्रणका लागि सबैले हातेमालाे गर्नुपर्नेमा जाेड दिए । वन व्यवस्थापन हुन सकेमा डढेलाे नियन्त्रण सम्भव रहेकाे उनले बताए ।
उक्त छलफल कार्यक्रममा प्रमुख अतिथिका रुपमा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउमा पर्यटन विकास सम्भव रहेकाे र पालिकाले साेही अनुसारकाे याेजना निर्माण एवम् कार्यान्वयनमा जाेड दिएकाे बताए ।सामाजिक एवम् राजनीतिज्ञ नेत्र पन्थीले स्थानीय क्षेत्रकाे पर्यटन विकासमा सबैले सहभागिता जनाउनु पर्ने बताए ।
उक्त कार्यक्रममा माधव नेपाल, राजेन्द्रसिह गुरुङ,पिएलसिह,महेन्द्र उपाध्याय,महेश्वरप्रसाद श्रेष्ठ,जीवन वझा,राजेश श्रेष्ठ,दलबहादुर गुरुङ, कृष्ण कुमाल,पूर्णबहादुर नेपाली, रामेश्वरप्रसाद कसजू लगायतले कार्यक्रममा आआफ्ना विचार प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *