सामुदायिक वन समन्वय समिति,पाल्पाको स्थापना २०५८ सालमा भएको हो । विविधत रुपमा जिल्ला प्रशासन कार्यालय,पाल्पामा २०६० सालमा दर्ता भएको यो संस्थाले वन,वातावरण र जैविक विविधता संरक्षणमा काम गर्दै आएको छ ।

खास गरी यो संस्थाले संरक्षणमा सचेतीकरण,आर्यआर्जनमा जोड र पैरवी गर्दै आइरहेको छ । तिनाउ गाउँपालिकाभित्र रहेको ८४ वटा सामुदायिक वन उपभोक्ता समूह र तीन वटा धार्मिक वनको छाता संगठनको रुपमा रहेको यो संस्थाले वन, वातावरण र जैविक विविधता संरक्षणका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग हातेमालो गरी अघि बढिरहेको छ ।

यसले पनि सामुदायिक वन समन्वय समितिको ओज बढेको सजिलै थाहा पाउन सकिन्छ । पछिल्लो समय यो संस्थाले वातावरणीय सेवा भुक्तानीका विषयमा व्यापक कार्यक्रम गरिरहेको छ । त्यसैगरी खानी र पानीका विषयमा समेत पैरवी गर्दै आएको छ । त्यतिमात्र होइन २०७३ सालदेखि वन डढेलो नियन्त्रण सम्बन्धी वृहत् आमसभा गरी वन उपभोक्ता,सरोकारवाला संघसंस्थाहरुको सार्थक सहभागितामा डढेलो नियन्त्रण सम्बन्धी सप्ताहव्यापी कार्यक्रम गरी आफ्नो ब्राण्ड बनाउँदैछ । आफ्नो पहिचान कायम गर्दैछ । संस्थागत विकास र पहिचान एवम् प्रचारका लागि यो संस्थाले वन डढेलो नियन्त्रण सम्बन्धी वृहत् आमसभाको अवसर पारेर आफ्नो वेवसाइटको सार्वजनिकीकरण गरेको छ ।

हाम्रो वेवसाइट www.cfcctinau.org हो ।
सबैले हेर्न र पढ्न नभूलाै। आवश्यक सहयोगको

अपेक्षासहित