कच्चा पदार्थ थाकलबाट बनेका आधुनिक हस्तकला तथा उपहारजन्य सामग्री निर्माणसम्बन्धि तालिमकाे मंगलवार तिनाउकाे नुवाकाेटमा प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम सम्पन्न भयाे । कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन समन्वय समिति,तिनाउका अध्यक्ष दलबहादुर गुरुङले स्थानीय सामुदायिक वनहरुमा पाइने थाकलबाट बन्न सक्ने झाेला, टाेपी,पर्स र चप्पल बनाएर स्थानीय,राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न सकिने भएकाे हुँदा आर्थिक समृद्धिका लागि तालिम प्राप्त ब्यक्तिहरु कर्मशील भएर लाग्नुपर्ने बताए । स्थानीय समूहका उपभाेक्ताहरुले थाकलकाे सहि सदुपयाेग गरी सिकेकाे ज्ञान,सीप र क्षमता प्रयाेग गरेर मनग्य आर्जन गर्न सकिने सुनाए । तालिमकाे भरमग्दुर प्रयाेग गर्न सकेमा बजारीकरणका लागि कुनै कठिनाई नहुने समेत उनले जानकारी गराए । महिना दिनसम्म सञ्चालित उक्त तालिमका लागि थप पुनर्ताजगी तालिमकाे समेत प्रवन्ध गर्न सकिने प्रमुख अतिथि गुरुङले जानकारी दिए । तालिममा सहभागी डेढ दर्जन महिलाहरुलाई उनले प्रमाण पत्र समेत वितरण गरेका थिए । विशिष्ट अतिथि समन्वय समितिका सल्लाहकार राजेश श्रेष्ठले थाकलबाट बन्ने सामानहरुलाई देश,विदेशसम्म पुराउन समूहले पहल गर्नुपर्नमा जाेड दिए । उत्पादनमात्र ठूला कुराे हाेइन ,बजारीकरण महत्त्वपूर्ण कुरा भएकाे उनले जानकारी गराए ।

तालिममा प्राविधिक सहयाेगीका रुपमा ओम राजश्री मल्टी एग्राे प्रालिका प्राेप्राईटर युवराज गैरेले अन्तर्राष्ट्रिय वजारमा बिक्रीवितरण गर्नुपर्ने भएकाेले वस्तु उत्पादनमा फिनिसिङ्ग हुनुपर्ने,आफूले गर्न खाेजेकाे र गरिने काममा बढी सकारात्मक हुनुपर्ने भएकाे बताए । सिकारुले बनाएका उत्पादनहरु आफूले खरिद गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने बताए । सहयाेगी प्रशिक्षकका रुपमा समेत आफ्नाे कम्पनीले सिकारुहरुलाई अवसर दिने बताए । तालिममा तिनाउ सब डिभिजन वन कार्यालयका फाेरेष्टर नारायणप्रसाद घिमिरे,सहभागीहरुका तर्फबाट रुपमाया थापा,सावित्रा गुरुङले एक महिने तालिम बढी नै प्रभावकारी रहेकाे बताए । उनीहरुले तालिमबाट सिकेका सीपलाई आर्थिक उपार्जनसँग जाेडिने उल्लेख गरे । तालिममा आर्थिक सहयाेग डिभिजन वन कार्यालय,पाल्पाले र संयाेजन सामुदायिक वन समन्वय समिति तिनाउ,पाल्पाले गरेकाे थियाे । तालिममा प्रमुख प्रशिक्षकका रुपमा शान्ति थापाले सहजीकरण गरेकी थिईन् । तालिम समापन कार्यक्रममा स्वागत बेवरेचिउरी सावउसका उपाध्यक्ष दिनेश थापा,सञ्चालन सचिव हरिकला कुमाल र अध्यक्षता समूहका अध्यक्ष जुद्वबहादुर थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *